शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमल्सिना विजयी

मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमल्सिना विजयी

नागरिक पाटी

६, जेठ २०७९
  • 6.0K
    SHARES
  • मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमल्सिना विजयी

    मकवानपुर । मकवानपुरको पूर्वी गाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान अध्यक्षमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    images
    images

    सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी खेमले ६ हजार १६६ मत पाउनुभयो ।

    यस्तै, उपाध्यक्षमा विजयी हुनुभएका फणिन्द्रले ७ हजार ९३५ मत तथा उपाध्यक्षमा पराजित एमालेकी उम्म्दवार धनमाया स्याङ्तानले ४ हजार ६६९ मत पाउनुभयो । बागमती गाउँपालिकामा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - १८:५७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology