पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाएका छन् । महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गरेका हुन् ।
यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाएकी छिन् । उनको २२ हजार ७२ मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुगेका छन् । उनले अहिलेसम्म २१ हजार ५ सय ७१ मत पाएका छन् ।