नेकपा (एकीकृत समाजवादी पार्टी) ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो।
हेटौंडा उपमहानगर जितेको एकीकृत समाजवादीले इलामको सूर्योदय नगरपालिका, सप्तरीको सम्भुनाथ नगरपालिका, रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका छन्।
यस्तै धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, चितवनको राप्ति नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा मेयर पद जितेको छ।
अब पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।
हेर्नुहोस् हालसम्म कहाँ कहाँ जिते ?
इलाम सूर्योदय नगरपालिका - प्रमुख रन बहादुर राई १२४३१
उदयपुर उदयपुरगढी गाउँपालिका - अध्यक्ष मान वहादुर केप्छाकी मगर ४९४२
सप्तरी शम्भुनाथ नगरपालिका - प्रमुख जितेन्द्र प्रसाद गुप्ता कलवार ५३९२
सिराहा सखुवानान्कारकट्टी गाउँपालिका - अध्यक्ष केदार नाथ यादव ३४०७
रौतहट गौर नगरपालिका - प्रमुख शम्भु साह ६३८१
रौतहट राजदेवी नगरपालिका - प्रमुख भीखारी प्रसाद यादव ६९९९
दोलखा तामाकोशी गाउँपालिका - अध्यक्ष प्रोण प्रताप के सी ५४९०
धादिङ्ग धुनीबेंशी नगरपालिका - प्रमुख वाल कृष्ण आचार्य ८७०६
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका - प्रमुख टोक बहादुर तामाङ ९४०६
मकवानपुर हेटौडा उपमहानगरपालिका - प्रमुख मीना कुमारी लामा २३०८०
चितवन राप्ती नगरपालिका - प्रमुख शमशेर लामा १२५२४
बझाङ्ग केदारस्युँ गाउँपालिका - अध्यक्ष गणेश बहादुर बोहरा ४३२१
कैलाली घोडाघोडी नगरपालिका - प्रमुख खडक बहादुर रावत १३१२८
सल्यान कपुरकोट गाउँपालिका - अध्यक्ष दुर्गा बहादुर पुन ३१६०
डोल्पा छार्का ताङसोङ गाउँपालिका - अध्यक्ष सेनाङ गुरुङ निर्विरोध
डोल्पा काईके गाउँपालिका - अध्यक्ष अंगद कुमार राना निर्विरोध
मुगु सोरु गाउँपालिका - अध्यक्ष धर्म बहादुर शाही -४०४७