शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नवनिर्वाचित नगरप्रमुख गुरुङको पदभार ग्रहण, ७ वटा एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय

नवनिर्वाचित नगरप्रमुख गुरुङको पदभार ग्रहण, ७ वटा एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय

नागरिक पाटी

११, जेठ २०७९
  • 5.3K
    SHARES
  • नवनिर्वाचित नगरप्रमुख गुरुङको पदभार ग्रहण, ७ वटा एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय

    नुवाकोट । बेलकोटगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जगत बहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । गुरुङले पदभार ग्रहण गर्दै बेलकोटगढी नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा समावेश गरेर बजेट व्यवस्था गरी एम्बुलेन्स खरिदको पक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

    images
    images


    उनले नगरमा आम नागरिकले सहज ढंगबाट स्वास्थ्य सेवा प्राप्त गर्न पाउनपर्ने बताउदै आगामी दिनमा जेष्ठ नागरिक,बालबालिका,अशक्त तथा असहायको लागि निशुल्क एम्बुलेन्स सेवाको समेत सुरु गर्न आफुले तयारी गरिरहेका बताए । नगरप्रमुख गुरुङले खानेपानी,कृषिजन्य उत्पादनको बजारिकरण र पुर्वाधारमा आफुले विशेष जोड दिने बताए ।

    साविकका ६ वटा गाविसमा रहेका स्वास्थ्य चौकीलाई केन्द्रित गरेर ७ वटा एम्बुलेन्स खरिद गर्ने,प्रसुती सेवा उपलब्ध गराउने, स्वास्थय उपचारको दायरा फराकिलो बनाउने गुरुङले बताए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १०:०१:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology