शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पोखरा महानगरको प्रमुखमा धनराज आचार्य निर्वाचित

पोखरा महानगरको प्रमुखमा धनराज आचार्य निर्वाचित

नागरिक पाटी

११, जेठ २०७९
  • 5.4K
    SHARES
  • पोखरा महानगरको प्रमुखमा धनराज आचार्य निर्वाचित

    कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् । आचार्य ६ हजार ४५ मतान्तरले जित्दै प्रमुखमा निर्वाचित भएका हुन् ।

    images
    images

    उनले ५८ हजार ८ सय ९३ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे प्रमुखमै राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत ल्याए ।

    उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले विजयी भएकी छन् । गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएकी छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।

    त्यस्तै उपप्रमुखमै राप्रपाकी रञ्जना सेनले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

    पोखरा महानगरमा ३३ वटा वडामध्ये २३ वटा वडा कांग्रेसले जितेको छ । यस्तै नेकपा एमालले ९ वटा वडा जितेको छ भने वडा नम्बर २२ बाट स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १०:१३:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology