शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु निर्वाचित

नागरिक पाटी

११, जेठ २०७९
  • 4.8K
    SHARES
  • ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु निर्वाचित

    ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्नु भएको हो ।

    images
    images

    ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याउनुभयो भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउनुभयो । यस अघि २०७४ सालको पालिका चुनावमा पनि महर्जनले व्यञ्जनकारलाई पराजित गर्नु भएको थियो । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराउनु भएको थियो ।

    उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनु भएको छ । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराउनु भएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १०:१६:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology