शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

७४९ पालिकाको अन्तिम नतिजा सार्वजनिक, चार पालिकाको अन्तिम नतिजा आउँन बाँकी

७४९ पालिकाको अन्तिम नतिजा सार्वजनिक, चार पालिकाको अन्तिम नतिजा आउँन बाँकी

नागरिक पाटी

१२, जेठ २०७९
  • 6.5K
    SHARES
  • ७४९ पालिकाको अन्तिम नतिजा सार्वजनिक, चार पालिकाको अन्तिम नतिजा आउँन बाँकी

    गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अझै चार पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।

    images
    images

    काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ५९ हजार १ सय ४९ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याएका छन् ।

    यस्तै उपप्रमुखमा नेकपा ९एमाले० की सुनिता डङ्गोलले ६६ हजार ८ सय ७८ मत प्राप्त गर्दा नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत प्राप्त गरेका छन् ।

    उदयपुरको त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीका बलदेव चौधरी ७ सय ४४ मतका साथ अग्र स्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३ सय ३४ र एमालेका भागवत राउतले २ सय ११ मत ल्याएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच प्रतिस्पर्धा छ । खाँणले १६ हजार ८ सय ३६ मत प्राप्त गर्दा चापागाईंले १५ हजार ८ सय ३३ मत पाएका छन् ।

    ७४९ पालिकामध्ये नेपाली कांग्रेसले ३२७ पालिका प्रमुख जितेको छ भने नेकपा एमालेले २०५ पालिका प्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले १२१ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले ३०, नेकपा एकिकृत समाजवादी पार्टीले २० पालिका प्रमुख जितेको छ ।

    लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छभने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४९४ पालिकामा प्रमुख पद जितेका छन् ।

    जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १/१ पालिकामा प्रमुख पद जितेका छन् । यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख जितेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ११:०८:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology