शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने नवनिर्वाचित मेयर बालेनको भनाई

काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने नवनिर्वाचित मेयर बालेनको भनाई

नागरिक पाटी

१३, जेठ २०७९
  • 5.5K
    SHARES
  • काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने नवनिर्वाचित मेयर बालेनको भनाई

    काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

    images
    images

    आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उहाँले अब सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

    काठमाण्डौलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उहाँको घोषणा छ । साहले काठमाण्डौलाई एउटै परिवार ठानेर काम गर्ने पनि बताउनुभयो । काठमाण्डौ महानगरको मेयरमा निर्वाचित साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्नुभयो ।

    उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - ११:५५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology