आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्रकार प्रताप विष्टको कृति ‘छेलिएका अनुहार’ बजारमा

पत्रकार प्रताप विष्टको कृति ‘छेलिएका अनुहार’ बजारमा

नागरिक पाटी

२३, आषाढ २०७९
  • 7.6K
    SHARES
  • पत्रकार प्रताप विष्टको कृति ‘छेलिएका अनुहार’ बजारमा

    हेटौंडा । बरिष्ठ पत्रकार प्रताप विष्टको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ । अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तक यही असार ३२ गते शनिबार हेटौंडामा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

    images

    २०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । यस्तै २०५२ सालमा वनमै रहेका बनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र बनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।

    चेपाङ, बनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले भने,‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र बनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताए ।

    विष्टको पहिलो कृतिको रुपमा ‘छेलिएका अनुहार’ सार्वजनिक हुँदैछ । कान्तिपुर दैनिकका लागि मकवानपुर जिल्लाबाट समाचार लेख्नुहुने विष्ट वरिष्ठ सहायक उपसम्पादक हुन् । कान्तिपुरमा आवद्ध हुनुअघि विष्ट हेटौंडाबाट प्रकाशित हुने कुराकानी साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने योजना साप्ताहिकमा आबद्ध थिए ।

    पुस्तक सार्वजनिक गर्ने कार्यक्रम बागमती प्रदेश सरकारका मन्त्री सन्तबहादुर चेपाङ, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माबाट संयुक्तरुपमा हुनेछ । हेटौंडा–२ स्थित एभोकाडो होटेलमा असार ३२ गते दिनको १ बजे औपचारिकरुपमा पुस्तक सार्वजनिक गरेर पुस्तकमाथि चर्चा गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - १९:५७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology