शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सार्वजनिक यातायातको भाडादर पुनः बढ्यो

सार्वजनिक यातायातको भाडादर पुनः बढ्यो

नागरिक पाटी

२८, आषाढ २०७९
  • 5.0K
    SHARES
  • सार्वजनिक यातायातको भाडादर पुनः बढ्यो

    काठमाण्डौं । सोमबार रातिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर पुनः बढेको छ। अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यकोआधारमा स्वचालित रूपमा समायोजन गरिएको यातायात व्यवस्था विभागले सोमबार सूचना निकालेर जानकारी दिएको छ।

    images
    images

    विभागका अनुसार यात्रुवाहक गाडीमा १ दशमलव ७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको हो।

    वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरूपमा भाडादर परिवर्तन हुने उल्लेख छ। गएको असार १२ गते पनि भाडादर समायोजन गरिएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०८:२२:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology