शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रेम गीत ३ : आधिकारिक प्रमोशनको काम सुरु

प्रेम गीत ३ : आधिकारिक प्रमोशनको काम सुरु

नागरिक पाटी

१, श्रावण २०७९
  • 3.8K
    SHARES
  • प्रेम गीत ३ : आधिकारिक प्रमोशनको काम सुरु

    बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ । निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम फिल्म प्रदर्शन मिति असोज ७ लाई टार्गेटगरेर प्रचार-प्रसारमा होमिएको प्रतिक्रिया दिए । गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानर राखिएको छ । अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचारप्रसारका सामाग्री राखेर प्रेम गीतमय बनाइने निर्माता तथानिर्देशक सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने तयारी छ ।

    images
    images

    नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोना महामारीका कारण पछि सरेको थियो। अनिश्चित कालका लागिसरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गते हुंदै छ। दशैंको समयमा प्रदर्शन हुन लागेको यो फिल्मले ५० बर्षे नेपाली फिल्मकोइतिहासमा यसले अन्तर्राष्ट्रीय फिल्म बजारमा पहिलोपटक ढोका खोल्ने धेरैको अनुमान छ । नया प्रदर्शन मिति घोषणा भएसंगैदर्शकहरु निकै उत्साहित छन् ।

    फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्। यी बाहेक फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिषराउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ।

    यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन्। फिल्मको तेस्रो भाग भने अधिल्लाप्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ ।

    स्व। छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २१:०६:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology