सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो ।
सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।
यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।