शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचनमा तालमेल गर्ने पाँच दलीय गठबन्धनको सहमति

निर्वाचनमा तालमेल गर्ने पाँच दलीय गठबन्धनको सहमति

नागरिक पाटी

२०, श्रावण २०७९
  • 4.6K
    SHARES
  • निर्वाचनमा तालमेल गर्ने पाँच दलीय गठबन्धनको सहमति

    आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ ।

    images
    images

    त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्ने भुसालले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - १६:२२:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology