पाँच दलीय सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्न लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न आज पनि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
सिट गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरूको अस्वाभाविक दाबीले छलफल निष्कर्षविहीन हुँदै आएको छ ।