शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय

नागरिक पाटी

११, भाद्र २०७९
  • 3.1K
    SHARES
  • एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय

    नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ ।

    images
    images

    केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

    बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको महरले बताए ।

    बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ । ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रुपमा प्रस्तुत गर्दा हलमा दुई मिनेटसम्म ताली बजेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - १७:१०:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology