शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा एमालेद्धारा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेद्धारा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नागरिक पाटी

१२, भाद्र २०७९
  • 4.3K
    SHARES
  • नेकपा एमालेद्धारा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । उक्त कमिटीलाई व्यवस्थित र परिचालन गर्न सचिवालय पनि गठन गरिएको छ ।

    images
    images

    सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहने सचिव विष्टले जानकारी दिए । उनका अनुसार सचिवालयमा आवश्यकतानुसार मनोनित गर्न सकिने निर्णय पनि केन्द्रीय कमिटी बैठकले गरेको छ ।

    अध्यक्ष ओलीको संयोजकत्वमा गठन सचिवालयमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनीता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीरम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे सदस्य रहेका छन् ।

    294586033_767814864339626_1405689133315243157_n.png.png

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - १८:३६:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology