नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको नाम नुवाकोट क्षेत्र नम्बर २ बाट समानुपातिकमा सिफारिस भएको छ । केसीको नाम एकल पठाइएपछि नुवाकोटका नेताहरू भने असन्तुष्ट बनेका छन् । केसीले प्रत्यक्ष चुनाव लड्न चाहे पनि एकतर्फी रुपमा समानुपातिकमा सिफारिस गरिएको भन्दै असहमति प्रकट गरेका छन् ।
पूर्व जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले विधानले तोके अनुसार बैठक नै नगरी समानुपातिकमा अर्जुन नरसिंह केसीको नाम सिफारिसप्रति आफुहरुको सहमति नरहेको बताएका छन् ।
नुवाकोट-२ बाट प्रत्यक्षतर्फ बहादुरसिंह लामा, लालिमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठ सिफारिस भएको जिल्ला सभापति रमेश महतले जानकारी दिए ।
सभापति महतका अनुसार नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ भने रामशरण र प्रकाश शरण महत दाजुभाइ सिफारिस भएका छन् । डा रामशरण महतको समानुपातिकमा पनि १ नम्बरमा नाम सिफारिस गरिएको छ । उनीसँगै डा। केदानरसिंह केसी, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजारको नाम पनि समानुपातिकमा सिफारिस भएको छ ।