शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गृहनगर वीरगञ्ज पुगेर वनमन्त्री यादवले गरे मन्दिर र विवाह भवनको उद्घाटन

गृहनगर वीरगञ्ज पुगेर वनमन्त्री यादवले गरे मन्दिर र विवाह भवनको उद्घाटन

दिपु वर्णवाल

१८, भाद्र २०७९
  • 4.9K
    SHARES
  • गृहनगर वीरगञ्ज पुगेर वनमन्त्री यादवले गरे मन्दिर र विवाह भवनको उद्घाटन

    दिपु वर्णवाल

    images
    images

    वन तथा वातावरणमन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् । शनिबार गृहनगर वीरगञ्ज पुगेका वनमन्त्री यादवले वीरगञ्ज १५ स्थित भिषवामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गरेका हुन् । त्यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गरेका छन् ।

    निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै श्रद्धालुहरुलाई पूजाअर्चनामा सहजता हुने मन्त्री यादवको विश्वास छ । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृतिक कार्यक्रमहरु गर्न सहयोग हुने मन्त्री यादवले बताएका छन् ।

    pradip.jpg

    मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०/३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उनका स्वकीय सचिव घनश्याम बाबु गुप्ताले जानकारी दिए ।

    ppp.jpg

    उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एवम् जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवलगायत स्थानीय, बुद्धिजीवी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - १९:२९:४५ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology