धादिङ गजुरीमा भएको नेकपा एमालेको प्रदेश क्षेत्रिय भेलाले आगामी मँसिर ४ गते हुने निर्वाचनका लागि नाम सिफारिस गरेको छ । धादिङ जिल्ला प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (ख) मा नेकपा एमालेले प्रदेश सभा सांसदको लागि प्रत्यक्ष तर्फ ९ जनाको नाम सिफारिस गरेको हो ।
नेकपा एमाले लेखा आयोग प्रमुख पुष्प कडेलको प्रमुख आतित्थ्यतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष भुमि त्रिपाठी, सो क्षेत्रका केन्द्रीय कमिटीका नेता, प्रदेश कमिटीका नेता, जिल्ला कमिटीका नेता, पालिका कमिटीका नेता, वडा कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका नेताहरूको सहभागिता रहेको थियो ।
सिफारिस गरिएको नामावली
१. लक्ष्मण शर्मा
२. गजेन्द्र थपलिया
३. मोदनाथ सिलवाल (सन्तोष)
४. रमेस भट्टराई
५. धुर्व विक
६.दिपक खतिवडा
७. डिल्ली पाठक
८. मायादेवी थापा
९. उर्मिला श्रेष्ठ