शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकिकृत समाजवादी धादिङको प्रतिनिधी र प्रदेश क्षेत्रबाट आकांक्षी ३० उम्मेदवारको नाम सिफारिस (नाम सहित)

एकिकृत समाजवादी धादिङको प्रतिनिधी र प्रदेश क्षेत्रबाट आकांक्षी ३० उम्मेदवारको नाम सिफारिस (नाम सहित)

नागरिक पाटी

१९, भाद्र २०७९
  • 26.0K
    SHARES
  • एकिकृत समाजवादी धादिङको प्रतिनिधी र प्रदेश क्षेत्रबाट आकांक्षी ३० उम्मेदवारको नाम सिफारिस (नाम सहित)

    एकिकृत समाजवादी धादिङको प्रतिनिधी र प्रदेश क्षेत्रबाट आकांक्षीको नाम सिफारिस भएको छ । एकिकृत समाजवादी धादिङको धादिङवेशीमा बसेको बैठकले आगामी मँसिर ४ गते हुने निर्वाचनका लागि उक्त सँख्याका आकाँक्षीको नाम प्रदेश कमिटीमा पठाउने गरि सिफारिस गरेको हो ।

    images
    images

    प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ राजेन्द्र प्रसाद पाण्डे, गँगालाल तुलाधर, सुवास खतिवडा र कुमार पाण्डेको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ शिवराज कँडेलको नाम सिफारिस गरिएको छ ।

    यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क) बाट प्रत्यक्ष तर्फ रामचन्द्र आचार्य र विनोद पाण्डेको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने शँकर तामाङ, निरु खरेल रामकुमार गिरि, र चन्द्रबहादुर तामाङको नाम सिफारिस भएको छ ।

    यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष तर्फ सुरेश मल्ल र कृष्ण अर्यालको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ मायादेवी शर्मा, सिता ढुँगाना र खुनराज थापाको नाम सिफारिस भएको छ ।

    s dhading 1.jpg

    प्रतिनिधि सभा क्षत्र नम्बर २ मा प्रत्यक्षतर्फ गुरु प्रसाद बुर्लाकोटीको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ जिवन तामाङ र पार्वती चाम्लिङ राईको नाम सिफारिस गरिएको छ ।

    यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (क) बाट शिवराज सापकोटा, शान्तविक्रम बाँनिया र अज्जनाथ सापकोटा सिफारिस भएका छन् । समानुपातिक तर्फ भने हरि प्रसाद शर्मा, हेमराज छत्कुली, नवराज छत्कुली र राम नेपालीको नाम सिफारिस भएको छ ।

    यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्ष तर्फ अन्जन थापा (कुमार) प्रदिप फ्युवा र समानुपातिक तर्फ ईन्दिरा ढुँगाना र एलिज तामाङको नाम सिफारिस गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - १६:३६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology