शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम

धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम

नागरिक पाटी

१, आश्विन २०७९
  • 7.2K
    SHARES
  • धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम

    धादिङ जिल्लामा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठका अनुसार जिल्लामा ६ वटा मतदानस्थल थप, ६ वटा परिवर्तन र १ वटा खारेज गरिए सँगै उक्त सँख्याका मतदान स्थल र मतदान केन्द्र कायम गरिएको हो ।

    images
    images

    रुविभ्याली गाउँपालिका वडा नं १ को वडा कार्यालय लब्दुङ, रुविभ्याली –१ लाप्साङ कर्पो आधारभूत विद्यालय, पुरु, वडा न। ४ को हिन्दुङ आधारभूत विद्यालय, वडा नं ५ को नेबेर आधारभूत विद्यालय, वडा न ५ को तिम्ला आधारभूत विद्यालय, कपुरगाउँ, वडा न ५ कै तिङचेत आधारभूत विद्यालयमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।

    त्यस्तै कार्यालयले ६ वटा मतदान स्थलको स्थान परिवर्तन गरेको छ । गजुरी गाउँपालिका कन्या प्राविबाट वडा नं २ को वडा कार्यालय, अमिलटार, ज्वालामुखी गाउँपालिका साविक वडा कार्यालय भवन, रानाचौतारा बाट रत्न ज्योती आधारभूत विद्यालय, धुनीबेसी नगरपालिका रमाइलो चौर बाट वडा नं ३ को वडा कार्यालयमा परिवर्तन गरिएको छ ।

    नीलकण्ठ नगरपालिका रत्नदेबी आधारभूत विद्यालयबाट रामकोट माध्यमिक विद्यालय, ठाडोखोरिया, नेत्राबती डबजोङ गाउँपालिका ताङजोमाने ९खुल्लाचौर० बाट नागरिक आरोग्य केन्द्र, बेनिबाट रोराङ गाउँपालिका कालिका आधारभूत विद्यालय, मोहरियाबाट हर्कपुर माध्यमिक विद्यालय, गोदाममा स्थान परिवर्तन गरिएको छ ।

    निर्वाचन कार्यालयले जिल्लाको रुविभ्याली वडा नं १ को जुम्लाप्दुङ खेलमैदानलाई खारेज गरेको छ । खुल्ला मैदान र अपायक भएकाले खारेज गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । मतदान केन्द्र टाढा भएका ठाउँहरुमा थप गर्न, अपायक ठाउँमा परिवर्तन र खारेज समेत गर्न सिफारिस पठाएकोमा कार्यान्वयन भएर आएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धादिङ जिल्लाबाट १ लाख ३५ हजार ४ सय १ पुरुष र १ लाख ३० हजजार ५ सय ९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७९ शनिवार - १९:००:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology