मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिकाको जुरीखेतमा दुर्घटना भएको हो।
बसमा ३३ यात्रु रहेको र बाँकी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी जवान किसन विकले जानकारी दिए। घाइतेलाई उपचारका लागि हेटौंडा लगिएको उनले बताए। दिउँसो साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा यात्रारत ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। मृतक र घाइतेको पहिचान हुन बाँकी छ।