शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु, चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै

म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु, चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै

नागरिक पाटी

१०, आश्विन २०७९
  • 4.9K
    SHARES
  • म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु, चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ।

    images
    images

    छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गर्ने तयारी छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गरिने छ।

    म्यादी प्रहरीका लागि ४० दिनको कार्यअवधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो । ४० दिने कार्य अवधिमा तलब र रासनबापत म्यादी प्रहरीले ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०८:०३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology