आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आज बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ ।
मङ्गलवार बसेको बैठकले निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोध समेत गरेको छ ।