शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

नागरिक पाटी

२२, आश्विन २०७९
  • 2.8K
    SHARES
  • प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

    नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    images
    images

    बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो ।

    २०६४ सालमा रोल्पा–२ र काठमाडौँ–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौँ–१० वाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी भएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०६:४२:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology