शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मतदानका दिन सवारी साधन चल्न दिइने

मतदानका दिन सवारी साधन चल्न दिइने

नागरिक पाटी

२२, आश्विन २०७९
  • 3.0K
    SHARES
  • मतदानका दिन सवारी साधन चल्न दिइने

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

    images
    images

    शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने बताए ।

    उनले यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १८:४७:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology