शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा 'एस' : प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो

नेकपा 'एस' : प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो

नागरिक पाटी

२२, आश्विन २०७९
  • 3.0K
    SHARES
  • नेकपा 'एस' : प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो

    नेकपा (एकीकृत समाजवादी) ले आउँदो मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
    गठबन्धनका तर्फबाट १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको यो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् ।

    images
    images

    उपाध्यक्ष तथा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

    त्यसैगरी जीवनराम श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २, रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरी दाङ क्षेत्र नं १, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ र प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिने बताईएको छ । प्रदेश सभा सदस्यका उम्मेदवारको छनोटका लागि गृहकार्य गरिरहेको यो पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १९:१४:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology