शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ईश्वर प्रसाद कोईरालाद्धारा प्रदेशसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता

ईश्वर प्रसाद कोईरालाद्धारा प्रदेशसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता

नागरिक पाटी

२३, आश्विन २०७९
  • 6.4K
    SHARES
  • ईश्वर प्रसाद कोईरालाद्धारा प्रदेशसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेद्धारी दर्ता

    धादिङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा ईश्वर प्रसाद कोईरालाले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार कोईरालाले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका हुन् । कोईरालाको उम्मेद्धारी दर्ता गर्दा पुरुषोतम कोईराला प्रस्तावक र भरत कोईराला सर्मथक रहेका छन् ।  

    images
    images

    उम्मेद्धारी दर्ता गराएका कोईराला २०५४ साल देखि नेकपा माओवादीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएपनि माओवादी र एमाले एकता भएर नेकपा भएपछिको समय देखी पाटी सदस्य नविकरण नगरि स्वतन्त्र रुपमा रहँदै आएका थिए । 

    यहि क्षेत्रमा एमाले नेता नेत्र पौडेलले पनि स्वतन्त्र उम्मेद्धारी दिएका छन् भने एमालेको तर्फबाट रमेश कुमार आचार्य र गठबन्धनको तर्फबाट काँग्रेसका मदुकुमार श्रेष्ठले उम्मेद्धारी दर्ता गराएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १९:५९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology