शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र "कौसिद" को प्रदर्शन मिति घोषणा

चलचित्र "कौसिद" को प्रदर्शन मिति घोषणा

नागरिक पाटी

२५, आश्विन २०७९
  • 4.2K
    SHARES
  • चलचित्र "कौसिद" को प्रदर्शन मिति घोषणा

    बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

    images
    images

    चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि। गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको बास्तबिकता चित्रण गरेको छ। चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ। केहि समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र बिबिध प्राबिधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - ११:२९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology