शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित

नागरिक पाटी

२६, आश्विन २०७९
  • 3.9K
    SHARES
  • मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित

    मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

    images
    images

    कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

    स्वतन्त्र उम्मेदजार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले अनलाइनखबरलाई जानकारी दिए ।

    मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए । नेकपा विवाद पेचिलो भएपछि पहिले पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुल मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएपछि केही दिनका लागि उनी दोस्रो पटक खेलकुद मन्त्री बने ।

    पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि गुरुङले गठबन्धनलाई साथ दिए । उनैको समर्थनमा बनेको कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा उनी युवा तथा खेलमन्त्री बन्न सफल भएका थिए । गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन् ।

     

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १३:२७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology