शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धन बहादुर घलेद्धारा एमाले पार्टी परित्याग गरेको घोषणा

धन बहादुर घलेद्धारा एमाले पार्टी परित्याग गरेको घोषणा

नागरिक पाटी

२६, आश्विन २०७९
  • 19.7K
    SHARES
  • धन बहादुर घलेद्धारा एमाले पार्टी परित्याग गरेको घोषणा

    नेता धनबहादुर घलेले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमामा राजीनामाको साथै पार्टी परित्याग गरिएको विषयमा लामो स्टाटस लेख्दै घलेले पार्टी परित्याग गरि हाल स्वतन्त्र रहेको जानकारी गराएका छन् ।

    images
    images

    धादिङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य निर्वाचन २ बाट एमालेको तर्फबाट उम्मेद्धारी दिएका घलेले राप्रपा सँग तालमेल गर्ने बाहानामा उम्मेदवारी हटाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेको कुरा जस्ताको तस्तै ।

    विषयः राजीनामाको साथै पार्टी परित्याग गरिएको।
    उपर्युक्त सम्बन्धमा आगामी मंसिर ४ गते हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मध्ये धादिङ २ को “ख“ प्रदेशबाट एमालेको तर्फबाट गएको असोज २३ गते, प्रदेशसभा सांसदको उम्मेदवारी मैले दिइएको हो। तर आज भर्खरै २ बजेको समयमा, जिल्लामा रा प्र पा संग तालमेल गर्ने बहनामा, खेम लोहनीको बलजबर्जस्तीमा निर्वाचन कार्यालय संग सेटिङ गरी, मलाई थाहै नदिई, सोत्धै नसोधि, मेरो सहमति विना मेरो उम्मेदवारी हटाएको खबरले स्तब्ध छु म। यो प्रदेशमा १००% विजय हुने सम्भावना हुंदाहुंदै कुनै नेताहरुको स्वार्थ प्राप्त गर्न सकिन्छ कि भन्ने मनशयका साथ मेरो उम्मेदवारी हटाएको प्रमाणित भयो। यो उम्मेदवारी हटेकोमा मेरो कुनै गल्ती र दोषी छैन। दोषी नेतृत्वको हो।

    यस्ता दोषीलाई जनताले चिन्नु पर्ने नै छ। त्यसैले यस्तो बेइजेत र अपमान सहेर पार्टीमा बसिरहन मेरो नैतिकताले मानेन। मानव भएर दानव सरह पार्टीमा बसिरहनु भन्दा स्वतन्त्र जिवन जिउने मेरो आत्मा निर्णय गर्दछु। ०४६ सालदेखि ०७९ साल (३३वर्ष) सम्म घाम ,पानी, असिना, हुरीबतास नभनी एमालेको संगठनलाई मजबुद बनाउने काम गरियो। यतिको एमालेको पार्टी बनाउन मैले धेरै दुःख ,कष्ट, संघर्ष गरियो। तर यसरी हुर्काएको, बढाएको पार्टीबाट्, १००% जित हुने देखेर मेरो सहमति विना आज मेरो उम्मेदवारी हटाएकोमा मेरो खेद प्रकट छ । आज मेरो नाटकीय तरिकाले खेम लोहनीले उम्मेदवार हटाउनु भनेको, तिमी एमालेमा नबस भन्ने नै हो। यदि म एमालेमा बसेर संगठन बनाउंदा, पार्टी ठुलो बनाउँदा कोहि, कुनै नेताहरुलाई औडाहा हुन्छ भने, खसखस लाग्छ भने, दाँतबाट पसिना आउँछ भने, म एमालेमा बसिरहन आवश्यक ठानेन।त्यसैले आज कै मितिबाट म नेकपा एमाले आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्य र नेकपा एमाले जिल्ला कमिटि धादिङको उपाध्यक्ष पदबाट राजिनामा गरिएको छ। साथै आज कै मितिबाट एमाले पार्टी परित्याग गरिएको घोषणा गर्दछु। मेरो पार्टी परित्यागको कारण ले धादिङ जिल्लाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक हरुमा पर्न गएको अप्ठ्यारो र खुल्दुली प्रति म आम क्षमा याचना गर्दछु। धन्यवाद । मितिः २६ असोज २०७९

    धन बहादुर घले
    हालः स्वतन्त्र ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १८:०७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology