धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य पदका लागि उम्मेद्धारी दिएका अजय कुमार रिमालले आफ्नो उम्मेद्धारी जबर्जस्ती फिर्ता गराईएको बताएका छन् । नागरिकपाटी डटकम सँग कुरा गर्दै रिमालले आफ्नो असहमती हुँदा हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालयले आफ्नो नाम फिर्ता गराएको बताएका हुन् । यो प्रक्रिया आधुनिक राणा शासन लाद्नु जस्तै भएको उनले प्रतिक्रिया दिएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई पठाएको पत्रमा "राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धादिङ जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य पदका लागि अजय कुमार रिमाल जि ले दिएको उम्मेद्धारी फिर्ता गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु" भनि उल्लेख छ ।
यो क्षेत्रमा प्रतिनिधी सभा सदस्य पदका लागि अब राप्रपाले एमालेका भुमि त्रिपाठीलाई सहयोग गर्ने बुझिएको छ । तर नेतृत्वको कदम गलत भएको भन्दै आफुहरुले चुनावमा कसैलाई सहयोग नगर्ने बताएका छन् । उनले दलहरूले गरेको अप्राकृतिक तालमेल, सहकार्य र गठबन्धन दिगो नहुने भन्दै मतदाता सचेत भैसकेको बताएका छन् ।