धादिङमा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा राजनितिक दल र स्वतन्त्र उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार रिमाल, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका रमेश धमला, चक्र बहादुर शाह र परशुराम तामाङले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका शालीग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवालले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका धन बहादुर घले, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नारायण प्रसाद पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यद्यपी केहिले भने पार्टीले जर्बजस्ती रुपमा उम्मेद्धारी फिर्ता गराएको बताएका छन् ।