शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"हिजो आजका कुरा" टिमले सम्झियो फिल्मका दिवंगत तीन कलाकार

"हिजो आजका कुरा" टिमले सम्झियो फिल्मका दिवंगत तीन कलाकार

नागरिक पाटी

२६, आश्विन २०७९
  • 3.4K
    SHARES
  • "हिजो आजका कुरा" टिमले सम्झियो फिल्मका दिवंगत तीन कलाकार

    प्रदर्शनको सम्मुखमा रहेको फिल्म ञहिजो आजका कुराझ ले आफ्नो फिल्मका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको फिल्ममा अभीनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको यो नै अन्तिम फिल्म हुन पुगेको छ ।

    images
    images

    वरिष्ठ अभिनेता सन्तोष पन्तको कथा तथा निर्माणमा उनका पुत्र साकार पन्त निर्देशीत फिल्ममा अभिनीत अर्याल र भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको हो भने लामाको आफ्नै घरआगनमा दुर्घटनाबश निधन भएको थियो । ७३ बर्षीय अर्याल पूर्व प्रोफसर हुन । उनले लामो समय पिके,त्रिचन्द्र लगायतका कलेजमा प्रध्यापन गरेका थिए भने भुई मान्छे फिल्मका निर्माता समेत रहेकाअभिनेता भट्टराई हाउस किपीङ्ग कार्यमा परिपक्क थिए । लामा भने प्रसिद्द गायक निर्देशक तथा अभिनेता हुन । आफ्नो फिल्ममा अभिनीत तीन-तीन जना कलाकारलाई गुमाउनु पर्दा आफुहरु अत्यन्तै दुखी भएको निर्देशक साकारले बताएका छन । उहाँहरु हामी माझ हुनुहुन्न भन्ने सम्झदा पनि सारै पीडा महसुस हुन्छ, साकार भन्छ्न, उहाँहरु जहाँ रहे पनि आत्माले शान्ती पाओस । उहाँहरुको आशीष हामीलाई लागीरहोस । हिजो आजका कुराझ तीनै जना दिवंगत कलाकारप्रति श्रद्धासुमन भएको उनले बताए । ञहाम्रो यो फिल्म उहाँहरुमा हार्दिक श्रद्धाञ्जलीका साथ समर्पण गरेका छौं,उनले भने, हामी उहाँहरुलाई सधै मिस गरिरहने छौं ।

    पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको ‘हिजो आजका कुरा’ मा दिवंगत अर्याल,भट्टराई र लामाका साथमा सन्तोष पन्त,रमा थपलीया, साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतले अभिनय गरेका छन ।

    रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । नेपाल टेलिभिजनको बहुचर्चित टेलीशृखला ञहिजो आजका कुराझ पहिलो पटक ठूलो पर्दामा उत्रीएको छ । टेलीशृङ्खलाले झै ठूलो पर्दाको फिल्मले पनि दर्शकको मन जित्ने बिश्वास निर्माण टिमको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - २१:१४:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology