शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मधेसी जनताले अब जवाफ माग्नु पर्ने बेला आएको छ : रमेश रिजाल

मधेसी जनताले अब जवाफ माग्नु पर्ने बेला आएको छ : रमेश रिजाल

दिपु वर्णवाल

२७, आश्विन २०७९
  • 5.2K
    SHARES
  • मधेसी जनताले अब जवाफ माग्नु पर्ने बेला आएको छ  : रमेश रिजाल

    वीरगंज । पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषण गर्ने केपी ओलीको पार्टी एमाले र उसंग साँठगाँठ गर्ने जसपा दुवै दलसंग मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताएका छन् ।

    images
    images

    पर्साको छिपहरमाइ गाँउपालिकको जयमङगलापुरमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले भने ,‘ यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पाच दलीय गठबन्धनका उम्मेदवारलाइ नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो , अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ । संविधान विरोधी एमाले लगायतका शक्तिहरुलाइ परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले बताए ।

    पर्सा ४ मा रमेश रिजालले के गरे भन्ने प्रश्न गर्ने विपक्षी दलका नेताहरुलाइ लक्षित गर्दै रिजालले भने ,‘अहिले रमेश रिजाल सांसद छैनन् ,अहिले सांसद, मन्त्री जो छन् जसपाका अनि तीन वर्ष दुइ तिहाइको सरकार चलाउने एमालेका नेताहरुले भन्नु परयो के गरे, अहिले जो विधायक छन् जसपाका सिंहासन सा कलवार उनले के गरे त्यसको जवाफ दिनु परयो, रमेश रिजाल त १० बर्ष देखि सांसद पदबाट बाहिर छ, जवाफ उनिहरुले नै दिनु पर्छ जनतालाई ।

    दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषणा गर्ने र संघीयता विरोधी एमाले र उसका अध्यक्ष केपी ओलीसंग साँठगाँठ गर्ने जसपासंग यो चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताए ।रिजालले भने , यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पाच दलीय गठबन्धनका उम्मेदवारलाइ नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो , अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ । संविधान विरोधी शक्तिहरुलाइ परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले प्रस्ट्याए ।
    उनले काँग्रेस पार्टी कसैको विर्ता नभएको भन्दै युवा र सक्षम नेतालाइ अवसर दिन आफु तयार रहेको बताए । रिजालले भने, ‘काँग्रेस पार्टी रमेश रिजालको पनि बपौती होइन, म स्वंय भन्छु सक्षम साथीहरु आउनुस् अगाडि बढ्नुस् , म साथ दिन तयार छु , तर त्यस्ता साथीहरु अगाडि आउन तयार हुनुपर्छ ।

    रिजालकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे , महाधिवेशन प्रतिनिधि बशिस्ठ नारायण कुर्मी, नेता किशोरी साह कानु जिल्ला सहसचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा , क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचीव बालिस्टर अहमद, युवा नेता राकेश यादव,धमेन्द्र पटेल लगायतको पनि सहभागीता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - १९:०७:३७ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology