शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चुनाव जिते लगत्तै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउँछु : अजय चौरसिया

चुनाव जिते लगत्तै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउँछु : अजय चौरसिया

दिपु वर्णवाल

२७, आश्विन २०७९
  • 5.5K
    SHARES
  • चुनाव जिते लगत्तै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउँछु : अजय चौरसिया

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले सांसदमा जिते लगत्तै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउने प्रतिबद्धता जनाएका छन् ।

    images
    images

    वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा बिहीबार सत्तागठबन्धनले आयोजना गरेको चुनावी कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले भने ,‘ सांसदमा जित्ने बित्तिक्कै पहिलो काम तिलावे नदिमा पक्की पुल बनाउछु , यो मेरो शपथ हो ।

    उनले आगामी निर्वाचनबाट काँग्रेस नेतृत्वको सत्तागठबन्धनले मधेस र देशभर चुनाव जित्न गइरहेकाले फेरि गठबन्धनकै सरकार बन्ने निश्चित रहेको पनि बताए । अर्को गठबन्धनमा रहेका खासगरि जसपा र एमाले दुवै ठग पार्टी भएको आरोप लगाए ।

    स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरमा भएको चुनावी नतिजाको उदाहरण दिदै चौरसियाले महानगरको चुनाव र जिल्ला समन्वय समितिको चुनावमा जसपाले काँग्रेससंग धोखा दिएको बताए । उनले भने ,‘ महानगरको मेयरमा सारा काँग्रेसजनले इमान्दारिपूर्वक भोट दिए , तर उपमेयरमा जसपाले भोट दिएन , त्यसैको प्रतफल मेयरले ४६ हजार भोट पाए उपमेयरले ३० हजार मात्रै भोट पाए ।

    स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ धोखा दिएकै कारण अहिले जसपासंग गठबन्धन टुटेको उनले बताए । उनले भने ,‘ छाता छापवालाहरुको मनमा बेइमानी मात्रै छ । मधेस र मधेसीको हकका सवालमा सधै विरोध गर्दै आएको एमालेसंग जसपाले अहिले घाँटी जोडेको भन्दै चौरसियाले भने ,‘ जुन केपी ओलीका कारण नागरिकता विधेयक प्रमाणीकरण भएन त्यहि ओलीसंग जसपाले अहिले घाँटी जोडेको छ , मधेसी जनताले विचार गर्नु होला ।

    मधेसका हरेक मुद्धा र सवालमा काँग्रेस सधैं साथमा रहदै आएको जिकिर उनले गरे । एमाले अध्यक्ष ओली राजासंग साँठगाँठ गरेर लोकतन्त्रलाइ समाप्त पारेर चाइनाको जस्तो कम्युनिष्ट शासन ल्याउने खेलमा लागेको आरोप पनि उनले लगाए । चौरसियाले भने ,‘ आउदो चुनावमा भोट दिन जानु भन्दा पहिले को दल कस्तो छ को उम्मेदवार कस्तो चरित्रको छ विचार गर्नु होला अनि मात्र भोट हाल्नु होला ।

    जसपा र एमाले दुवै ठग र धोखेबाज पार्टी भएकाले ती दुवैले एक अर्कालाइ भोट नदिने ठाकेुवा पनि चौरसियाले गरे । सत्तागठबन्धनका पाँच दल जनताको सुखदुखमा साथ दिने दल भएको भन्दै उनले आगामी निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारहरुलाई मत दिएर विजय बनाउन अननुरोध पनि गरे । उनले भने ,‘ म सदैव जनताको सुखदुखमा साथमा छु , अब फेरि एक पटक मौका दिनुस् , पहिलो काम शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्छु ।

    चौरसियाले भने ,‘ म कहि पनि स्वागत गेट बनाउदिन , कनि कि गेट बनाएर विकास हुदैन, सडक, पुल बनाएर मात्रै विकास हुन्छ, म इमान्दारिपूर्बक जनताको सेवक बनेर काम गर्छु ।

    चुनावी कोणसभामा मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा , लोसपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मी , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन ,काँग्रेस महाधिवेशन प्रतिनिधी रामरुप कुर्मी , वडा अध्यक्ष शम्भु मिश्रा , लोसपाका केन्द्रिय सदस्य साबीर अन्सारी लगायतको सहभागीता थियो । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - १९:१२:५३ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology