शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित : प्रदीप यादव

जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित : प्रदीप यादव

दिपु वर्णवाल

२८, आश्विन २०७९
  • 4.5K
    SHARES
  • जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित : प्रदीप यादव

    वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् । पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् ।

    images
    images

    जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने , “मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन, मतदाताले पुनस् मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्क छु ।”

    पाँच वर्ष सांसद्का रुपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार सडकदेखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएकोले यसको मूल्याङ्कन गरेर जनताले आफूलाई जिताउने उनको विश्वास छ ।

    क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु , क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु , जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु , यसको मूल्याङ्कन जनताले गर्नेछन् ।”

    पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए । यादवले भने, "जनताले विकास प्रेमी, सुखदुस्खमा साथ दिने जनप्रतिनिधी चाहन्छन्, त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।"

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७९ शुक्रवार - ०७:१२:१३ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology