शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उम्मेदवार रिजाल र चौधरीलाई जिताउन विभिन्न समितिहरु गठन

उम्मेदवार रिजाल र चौधरीलाई जिताउन विभिन्न समितिहरु गठन

दिपु वर्णवाल

२९, आश्विन २०७९
  • 3.9K
    SHARES
  • उम्मेदवार रिजाल र चौधरीलाई जिताउन विभिन्न समितिहरु गठन

    वीरगंज । नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरीलाई जिताउने अभियान अन्तर्गत विभिन्न चुनावी समितिहरु गठन भएको छ ।

    images
    images

    पर्सा क्षेत्र नम्बर ४ मा शनिबार बसेको काँग्रेस क्षेत्रीय कार्य समितिको बैठकले विभिन्न समितिहरु गठन गर्दै चुनावी गतिविधि र प्रचार प्रसार अभियानलाई अझ तिब्र बनाउने निर्णय पनि गरेको छ ।

    काँग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य समेत रहेका उम्मेदवारिजालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि वशिष्ठ नारायण कुर्मी, प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरी, पार्टीका जिल्ला सह सचिव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, युवा नेता राकेश यादव, प्रदेश सभापति जीवन कृष्ण सापकोटा, दिपेन्द्र सिंह, क्षेत्रीय सदस्य, महाधिवेशन प्रतिनिधिहरु, गाउँपालिका र वडा सभापति लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव बालिस्टर अहमदले गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०७९ शनिवार - २१:२७:१३ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology