वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पर्सा क्षेत्र नम्बर २ को (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मीले एक कार्यक्रम बिच ५ दलिय गठबन्धनको पार्टि कार्यलयको उद्घाटन गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा ५ दलिय गठबन्धनको पार्टि कार्यलयको उद्घाटन पर्सा क्षेत्र नम्बर २ को (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार कुर्मी गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर २ को (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार कुर्मीले शिक्षा र स्वास्थ्य नै विकासका आधार भएकाले यसमा सबैको पहुँच आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपालीलाई संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि यो आम जनताको पहुँचबाहिरको विषय बन्दै गएकाले सरकार यसमा गम्भीर हुनुपर्ने बताए ।
पर्सा जिल्ला देशकै आर्थिक राजधानी भएर पनि यहाँको सामाजिक जीवनमा त्यसको प्रत्याभूति नभएको भन्दै आफ्नो क्षेत्रलगायत पर्सा जिल्लालाई नै विकासका नमूना जिल्लाको रुपमा चिनाउन आफू राजनीतिमा आएको पनि बताए ।
५ दलिय गठबन्धनको पार्टि कार्यलयको उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली वडा अध्यक्ष, गाउँका बिभिन भरभलादमि नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।