शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रमुख निर्वाचन आयुक्त थपलियाद्धारा आचारसंहिता कडाइका साथ पालना गर्न गराउन निर्देशन

प्रमुख निर्वाचन आयुक्त थपलियाद्धारा आचारसंहिता कडाइका साथ पालना गर्न गराउन निर्देशन

नागरिक पाटी

२९, आश्विन २०७९
  • 2.9K
    SHARES
  • प्रमुख निर्वाचन आयुक्त थपलियाद्धारा आचारसंहिता कडाइका साथ पालना गर्न गराउन निर्देशन

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे ।

    images
    images

    उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए । उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखि पठाउन उनले निर्देशन दिए ।

    प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ ।’

    उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भएबमोजिमको स्रोतबाट खर्च गरेको नगरेको बारे आयोगले निगरानी गर्ने बताउँदै निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी दिनुभयो । कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा समेत सचेतता अपनाउन उनको आग्रह थियो ।

    बैठकमा कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आचारसंहिता अनुगमन समितिका सह–संयोजक टेकबहादुर केसी, सदस्य प्रहरी उपरीक्षक अजय केसी, उप–अनुसन्धान निर्देशक मनोज ढकाल, अनुगमन अधिकृत रामजी शर्मा र सदस्य सचिव हुमनाथ पराजुली लगायतले निर्वाचन आचारसंहिता पालना गर्नगराउन सञ्चालन गरिएका गतिविधिका बारेमा जानकारी गराएका थिए । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०७९ शनिवार - २१:४८:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology