शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्सा क्षेत्र नम्बर २ : गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता

पर्सा क्षेत्र नम्बर २ : गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता

दिपु वर्णवाल

२९, आश्विन २०७९
  • 3.0K
    SHARES
  • पर्सा क्षेत्र नम्बर २ : गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धका पाच दलका नेता कार्यकर्ताले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images

    गठबन्धनबाट पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा उम्मेदवार काँग्रेसका अजय चौरसिया, प्रदेशसभा सदस्य उम्मेदवार २ को (क) मा काँग्रेसका श्याम पटेल र २ को (ख) मा लोसपाका रमेश कुर्मी चुनावी मैदानमा छन् ।

    काँग्रेस, लोसपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका अगुवा नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनिहरुले पाँच दलीय गठबन्धन यसै पनि बलियो अवस्थामा भएको भन्दै जनताबाट समेत उत्साहजनक प्रतिक्रिया आइरहेकाले यसले जित्ने माहोल झन थप भइरहेको जिकिर गरेका छन् ।

    पाँच दलका अगुवा नेताहरुले प्रदेशसभा सदस्यका उम्मेदवारद्वय पटेल र कुर्मी पनि जनताको सेवा सदैव लागि रहने नेता भएका कारण पर्सा २ मा प्रतिनिधीसभा र प्रदेशसभा गरि तीन वटै पदमा गठबन्धनको जित सुनिश्चित भएका छन् । यद्यपि चुनावमा दाँया पनि हुन सक्ने भएकाले पाच दलका सबै नेता कार्यकर्ताले इमान्दिरता भने देखाउने पर्नेमा उनिहरुको जोड दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०७९ शनिवार - २१:५२:३० बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology