शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिनेश पटेल जसपामा प्रवेश

दिनेश पटेल जसपामा प्रवेश

दिपु वर्णवाल

३१, आश्विन २०७९
  • 3.8K
    SHARES
  • दिनेश पटेल जसपामा प्रवेश

    नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका दिनेश पटेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

    images
    images

    वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा नेकपा एसबाट वडा अध्यक्ष लडेका पटेललाई पूर्वमन्त्री प्रदीप यादवले जसपा प्रवेश गराएका हुन् । पटेललाई यादवले फुलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

    लामो समयदेखि राजनीतिमा सक्रिय रहेका पटेलको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मुखमा जसपा प्रवेश गरेपछि नेकपा एस र समग्रमा सत्ता गठबन्धनलाई ठूलो झट्का लागेको छ भने जसपालाई फाइदा हुने देखिएको छ । पटेल उक्त क्षेत्रमा राम्रो पकड भएका नेता हुन् ।

    वीरगञ्ज-१८ मा निर्वाचित वडा अध्यक्ष उमा शंकर तिवारी जसपाकै हुन् । पटेलले पनि जसपा रोजेसँगै उक्त वडामा पार्टीको पकड राम्रो भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - १४:०२:०४ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology