शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन मतदाता नै सक्रिय

स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन मतदाता नै सक्रिय

दिपु वर्णवाल

३१, आश्विन २०७९
  • 3.0K
    SHARES
  • स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन मतदाता नै सक्रिय

    वीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै मतदाताले नै थालेको घरदैलो अभियान जारी छ । पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वारी सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त घरदैलो अभियान चलाइरहेका हुन् ।

    images
    images

    अभियानको दोस्रो दिन आज वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ को बजार छपकैयाँका मतदाताले उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै विजयी बनाउन कुनै कसर बाँकी नछाड्ने प्रतिबद्धता जनाएका छन् ।

    यस अघि जितेर गएकाहरु व्यक्तिगत स्वार्थमा मात्रै लागेको र यस क्षेत्रका लागि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै अब स्वतन्त्र उम्मेद्वार सिंहलाई नै विजयी बनाउन आफूहरु खटिएको मतदाताहरुले बताएका थिए ।

    स्वतन्त्र उम्मेद्वार सिंहले जनभावना र मतदाताकै सल्लाह बमोजिम आफू अघि बढ्ने भन्दै मतदाताको सुझाव अनुसार नै काम गर्ने विश्वास दिलाए ।
    शिक्षा, स्वास्थ्यमा बढी जोड दिएको भन्दै सिंहले यस क्षेत्रका मतदाताको आवाज सदनसम्म पुर्याउन र त्यही बमोजिम योजना बनाउन आफू लागि पर्ने पनि बताए । घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - १३:०४:४० बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology