शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै

पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै

दिपु वर्णवाल

३१, आश्विन २०७९
  • 2.9K
    SHARES
  • पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै

    वीरगंज । मंसिर ४ को निर्वाचन नजिकिदै जाँदा पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको छ । पर्सा ४ मा काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले चुनावी प्रचारलाइ तिब्रता दिएसंगै यो क्षेत्रमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।

    images
    images

    यसैक्रममा सोमबार कालिकामाई गाँउपालिका वडा नम्बर २ भेडिहारीमा काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता सहित करिब पाँच सय जना काँग्रेसमा प्रवेश गरेका छन् ।

    कालिकामाई २ मा स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीबाट वडा अध्यक्षमा चुनाव लडेका डाक्टर दिलिप कुशवाहाका साथै अन्य पार्टीका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजालले काँग्रेस प्रतिको आकर्षण र जनलहर बढ्दै गएको बताए । लोकतन्त्र र संविधानको रक्षा काँग्रेसले नै गर्दै आएको भन्दै उनले मधेसका मुद्धाहरुको सम्बोधनका लागि पनि काँग्रेस नै निरन्तर लागि परेको बताए ।

    काँग्रेसका क्षेत्रीय सचिव एंव जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा सत्तागठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदतारा, काँग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे , जिल्ला कोषाध्यक्ष प्रेम थापा, महाधिवेशन प्रतिनिधीहरु बष्ठिनारायण कुर्मी, जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , जिल्ला सहसचिव नवीन सिंह, युवा नेता राकेश यादव लगायतको पनि सहभागीता रहेको क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - १६:१०:४७ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology