शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

नागरिक पाटी

१, कार्तिक २०७९
  • 3.3K
    SHARES
  • चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । बाम(लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो ।

    images
    images

    काठमाडौं निर्वाचन क्षेत्र नं ८ (ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउनुभयो । विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरुबीच बाम-लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताउनुभयो । संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि आफुहरुले गठबन्धन बनाएको उहाँको भनाइ छ ।

    जनताको समृद्धिको आकाँक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तर रुपमा अघि बढाउने उहाँले बताउनुभयो । काठमाडौं-८ मा आफुले सुरु गरेका कयौं परियोजना निरन्तरताका लागि आफु उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताउनुभएको थियो । विगतमा राष्ट्रिय सभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउनुहुँदै उहाँले गठबन्धनका दलहरुबीच चुनावमा इमान्दारीता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - १७:५८:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology