शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको प्रदेश सभा सदस्यका उमेद्धार रमेश आचार्य को हुन् ?

धादिङको प्रदेश सभा सदस्यका उमेद्धार रमेश आचार्य को हुन् ?

नागरिक पाटी

२, कार्तिक २०७९
  • 14.5K
    SHARES
  • धादिङको प्रदेश सभा सदस्यका उमेद्धार रमेश आचार्य को हुन् ?

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन धादिङको प्रतिनिधि सभा क्षेत्र नं.१ अन्तर्गत प्रदेशसभा(१) को नेकपा (एमाले) को उम्मेदवार रमेश आचार्य धादिङ जिल्लाको थाक्रे गाउँपालिका ९ केवलपुरमा जन्म भएको हो।

    images
    images

    हाल उहाँको उमेर ४० बर्ष भएको छ भने शैक्षिक योग्यता व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नु भएको छ। आचार्य नेकपा (एमाल) वागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य हुनु हुन्छ ।

    #राजनीतिक/सांगठनिक जीवनहरुमा
    🔹नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सह-प्रारम्भिक कमिटी सदस्य – २०५३
    🔸अनेरास्ववियु ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव – २०५५
    🔹अनेरास्ववियु धादिङको १५ औं जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य – २०५५
    🔸नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त – २०५५/०७/०७
    🔹अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य – २०५५
    🔸अनेरास्ववियु, जिल्ला कमिटी धादिङको कोषाध्यक्ष – २०५७ समेत रहनु भएको थियो। तेस्तै
    🔹अनेरास्ववियु, धादिङको सचिव – २०५८
    🔸अनेरास्ववियु धादिङको अठारौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित – २०५९
    🔹अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य (रापस) – २०६१
    🔸अनेरास्ववियुको अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य – २०६३
    🔹अनेरास्ववियुको उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य – २०६५
    🔸अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष पदको प्रतिस्पर्धी – २०६७
    🔹नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव – २०६८ देखि २०७४ सम्म तेस्तै
    🔸तत्कालीन युवा संघ नेपाल (हालको राष्ट्रिय युवा संघ नेपाल) को स्थायी कमिटी सदस्य – २०७०
    🔹युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य – २०७०
    🔸युवा संघ नेपालको केन्द्रीय कमिटी सचिव – २०७४
    🔹राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य – २०७५
    🔸राष्ट्रिय युवा संघ नेपालको महासचिव – २०७७
    🔹नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी सदस्य – २०७८
    🔸नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य – २०७८
    🔹नेकपा (एमाले) केन्द्रीय युवा तथा खेलकूद विभाग सदस्य – २०७९
    🔸लगायत विभिन्न संघ-संस्थामा आबद्धता र बिभिन्न सामाजिक कार्यमा आबद्धता रहनु भएको छ ।
    🔹भ्रमण : भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई 

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ११:४९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology