शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागरिकता विधेयक प्रमाणीकरणका लागि पनि काँग्रेस नेतृत्वको गठबन्धनले जित्नुपर्छ : रिजाल

नागरिकता विधेयक प्रमाणीकरणका लागि पनि काँग्रेस नेतृत्वको गठबन्धनले जित्नुपर्छ : रिजाल

दिपु वर्णवाल

२, कार्तिक २०७९
  • 3.0K
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरणका लागि पनि काँग्रेस नेतृत्वको गठबन्धनले जित्नुपर्छ : रिजाल

    पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले एमालेको इशारामा रोकिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि पनि आगामी निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धन जित्नु पर्ने बताएका छन् । पर्साको धोबिनी गाँउपालिकाको भिखमपुरमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले यस्तो बताएका हुन् । सत्तागठबन्धनका साझा उम्मेदवार रिजालले संघीयता र मधेस विरोधी एमाले र उसलाई साथ दिने जसपा अहिले सत्ता स्वार्थका लागि एक भएको परिदृश्यले दुवै दल मधेस विरोधी रहेको पुष्टि भएको बताए ।

    images
    images

    उनले मधेसको मुद्धा र एजेन्डाहरु काँग्रेस नेतृत्वकै सरकारले सम्बोधन गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन एक भएर लाग्न आह्वान गरे । उनले अब बन्ने काँग्रेस नेतृत्वको सरकारले स्थानीय स्तरमा बढेको भ्रष्टाचार नियन्त्रणको लागि कडा कानुन निर्माण गर्ने पनि बताए ।

    भेलामा सहभागी स्थानीय अगुवाहरुले काँग्रेसका उम्मेदवार रमेश रिजाल धर्म र जातपातको नाममा राजनीति गर्ने नेता नभएकाले उनी प्रति जनताको अपार समर्थन रहेको बताए । स्थानीय झक्कड मियाले भने ,‘ रमेश रिजालले कहिले पनि जातीय विभेद,धर्मिक विभेद गरेनन् , तर केही यस्ता नेता हाम्रौ क्षेत्रमा छन् जो कि जातपात र धर्मको नाम भोट माग्न आइरहेका छन्, त्यस्तालाई जनताले नै हराएर पठाउछन् ।

    स्थानीय हिरन पटेललले पनि रमेश रिजाल क्षेत्रको मात्र नभइ देशकै नेता भएकाले उनलाई क्षेत्र नम्बर ४ का जनताले अवश्य जिताएर पठाउने बताए ।

    भेलामा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी र रामदेव चौहान,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, स्थानीय काँग्रेस नेताहरु राजकिशोर कुर्मी,हिरन पटेल,अशोक साह,बन्धु साह लगायतको सहभागीता थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:१०:५६ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology