शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि चुनावी प्रचारमा

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि चुनावी प्रचारमा

दिपु वर्णवाल

२, कार्तिक २०७९
  • 3.4K
    SHARES
  • प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि चुनावी प्रचारमा

    नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई जिताउन मतदाताहरुसंग आग्रह गरेका छन् । एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन आग्रह गर्दै एमालेका नेता कार्यकर्ताहरु जनताको घरदैलोमै पुगिरहेका छन् ।

    images
    images

    पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा मङगलबार प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवसंगै प्रदेशसभा सदस्यका एमाले उम्मेदवार विचारी यादवले रोड शो गर्दै मतदाताको घरदैलोमा पुगेर यादवलाइ अत्याधिक मतले विजयी बनाउन आग्र गरे । एमाले नेता एंव उम्मेदवार विचारी यादवसंगै रहेका एमालेका नेता कार्यकर्ताले पनि प्रदीप यादवको पक्षमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् ।

    जसपा एमाले गठबन्धनले मङगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली र नयका टोला, वडा नम्बर १४ पिपरा, बहुअरी र वडा नम्बर १८ सुखचैना र लीपनीवीर्तामा रोड शो गरेको हो ।

    रोड शो का क्रममा मतदाताको घरदैलोमा पुगेका दुवै उम्मेदवारले जसपा–एमालेको पबित्र गठबन्धप्रति स्थानीय जनताले दर्शाएको आत्मियता र समर्थनले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । उनिहरुले मधेस र समग्र देशको हितमा यो चुनावी गठबन्धन बनेको यथार्थ जनताले बुझिसकेकाले आसन्न निर्वाचनमा आफुहरुकोे जित सुनिश्चित हुदै गएको पन जिकिर गरे ।

    मतदातासंगको भेटघाटका क्रममा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादवले पर्सा १ को समृद्धिका लागि फेरि पनि एक पटक सांसदमा प्रदीप यादवलाई जिताउन आवश्यक रहेको बताए । उनले जनताको हरेक सुखदुखमा प्रदीप यादव साथमा रहदै आएको भन्दै काम गर्ने नेतालाई जनताले जिताउनेमा आफु ढुक्क रहेको बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०८:१५:२९ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology