शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्सा : विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश

पर्सा : विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश

नागरिक पाटी

५, कार्तिक २०७९
  • 4.5K
    SHARES
  • पर्सा : विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश

    वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।जगतिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले तथा जसपा परित्याग गरि आएकाहरुलाई कांग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ४ का उम्मेद्वार रमेश रिजालले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले अहिलेको समय विकासलाई गति दिने समय भएको भन्दै आफ्नो पहुँचले भ्याएसम्म यस ठाउँको विकास गर्ने प्रतिबद्धता जनाए । उनले आफू चुनावमा जिते पनि हारे पनि सँधै यहीँका लागि काम गरिरहेको बताए ।

    ‘विभिन्न प्रलोभन दिँदै यो क्षेत्रमा कयौ नेताहरू आए, जितेर गए,’ उनले भने, ‘म त सँधै तपाईहरुसँग नै छु, यसै ठाउँमा जन्मे, यहीँ हुर्के, यही मर्ने छु, तपाईँहरुकै सेवामा सँधै रहने छु ।’

    कार्यक्रममा स्थानीय नेता नुमान मियाँले अहिले केही व्यक्तिले धार्मीक कुरा गरेर मतदातालाई भ्रममा पार्न खोजेको भन्दै उनको चुनावी फण्डामा कोही नफस्ने बताए ।

    ‘एमालेका जालिम मियाँले धार्मीक कुरा गरेर जनतालाई भ्रम पार्न खोज्दैछन्, उनी नै हामी सबै मुसलमानको ठेकेदार भन्दै हिडिरहेका छन्,’ उनले भने, ‘यस्ता बहुरुपियालाई अबको मतदानबाट जवाफ दिनु पर्छ, कसैको भ्रममा अब मतदाता पर्नेवाला छैनन् ।’

    पार्टीका वडा सभापति ग्यासुद्धिन मियाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ४ ९क० का प्रदेश सभा सदस्यका उम्मेद्वार शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, महाधिवेसन प्रतिनिधि सोहरुम राउत गदि, क्षेत्रीय सभापति श्रीकान्त यादव, वार्ड अध्यक्ष शुभाष यादव, नेता नुमान मिया, युवा नेता राकेश यादव, धर्मेन्द्र पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - १२:३२:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology