शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उम्मेदवार अजय चौरसियाले वीरगन्ज महानगरमा पनि बनाए चुनावी अभियानलाई तिव्र

उम्मेदवार अजय चौरसियाले वीरगन्ज महानगरमा पनि बनाए चुनावी अभियानलाई तिव्र

नागरिक पाटी

५, कार्तिक २०७९
  • 3.4K
    SHARES
  • उम्मेदवार अजय चौरसियाले वीरगन्ज महानगरमा पनि बनाए चुनावी अभियानलाई तिव्र

    वीरगंज । पर्सा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–बामगठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले वीरगन्ज माहानगरमा पनि चुनावी अभियानलाई तिब्र बनाएका छन् ।

    images
    images

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले दिनहु वीरगन्ज महानगरका वडाहरुमा चुनावी घरदैलो र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गर्दै आएका छन् । यसैक्रममा शनिबार बिहान प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार रमेश कुमीीसंगै चौरसियाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा चुनावी घरदैलो गरेर हरेक मतदाताको घरमा पुगेर भेटघाट गरेका छन् ।

    वडा नम्बर ३ को मालपोत चोकबाट घरदैलो शुरु गरेका चौरसियाले छपकैया र प्रगतिनगरमा पनि पुगेर मतदातसंग भेट्दै गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । मतदातासंगको भेटमा चौरसियाले लोकतन्त्र र संविधानको पहरेदारी गर्दै आएको काँग्रेस नेतृत्वको गठबन्धन जिते मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले आफुहरुलाई जिताउन अनुरोध गरे ।

    मधेस र मधेसी विरोधी एमालेसंग सत्ता स्वार्थका लागि घाँटी जोडेको जसपा पनि अब मधेस विरोधी दल भएको पुष्टि भइसकेकाले त्यस्ता दल र उसका उम्मेदवारसंग सजग रहन उनले मतदलातालाई सचेत पनि गराए । विगतको निर्वाचनमा सांसदमा जितेका जसपाका नेताले चुनाव जितेर गइसकेपछि क्षेत्रमा फर्किएर पनि नआएको यथार्थ जनताका सामु छर्लङग रहेको भन्दै चौरसियाले अहिले फेरि चुनावमा त्यहि दल र उसका उम्मेदवारहरु बहुरुपिया बनेर जनतालाई झुक्याउन आइरहेकाले जनता सचेत हुनु पर्ने बताए ।

    शनिबारको घरदैलो कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , पूर्ब क्षेत्रीय सभापति विजय सर्राफ , महिला नेतृ रम्भा मिश्राका साथै काँग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - १५:३६:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology